प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ६ साउनमा प्रतिनिधि सभालाई सम्बोधन गर्ने
काठमाडौं, ३१ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ६ साउनमा प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन् । आज प्रधानमन्त्री पदको शपथ लिएका ओलीले पहिलो संसद् सम्बोधनको मिति तय भएको हो ।
‘आज स्थगित भएको बैठक ६ साउनमा बस्दैछ । त्यसैदिन प्रधानमन्त्रीको पहिलो सम्बोधन हुने भएको छ’, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने । उनका अनुसार ७ साउनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम छ ।
Facebook Comments Box

