इङ्ल्यान्डले स्लोभाकियालाई हराउँदै अन्तिम ८ मा प्रवेश

काठमाडौँ, १७ असार – युरो २०२४ मा इङ्ल्यान्डले स्लोभाकियालाई हराउँदै  अन्तिम ८ मा प्रवेश गरेको छ । आइतबार राति भएको प्रिक्वाटरफानलमा पुनरागमन जित हात पार्दै क्वाटरफाइनलमा पुगेको हो । खेलको २५औं मिनेटमा गोल गर्दै स्लोभाकियाका इभान स्क्रान्जले टिमलाई अग्रता दिएका थिए । निर्धारित समयमा इंग्ल्यान्डले खेल बराबरी गर्यो र अतिरिक्त समयमा गोल थप्दै २-१ को पुनरागमन जित निकालेको हो ।

निर्धारित समयमको खेल बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो र त्यसको पहिलो मिनेटमै ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई २-१ को अग्रता दिलाए । त्यही अग्रता कायम राख्दै इंग्ल्याण्डले जित हासिल गर्‍यो । अब इंग्ल्यान्डले क्वाटरफाइनलमा स्विट्जरल्यान्डको सामना गर्नेछ । स्विट्जरल्यान्ड इटलीलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।

Facebook Comments Box