काठमाडौँ उपत्यकामा १ सय २९ जना सहित देशभर थप २२० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ५ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय २९ जना सहित देशभर थप २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८९, भक्तपुरमा ७ र ललितपुरमा ३३ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा २ हजार ७२५ आरटी पीसीआर तथा १ हजार ४१६ एन्टीजेन परिक्षण सहित ४ हजार १४१ जनाको परिक्षण गर्दा थप २२० जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ९३१ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २६३ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ९ हजार १५५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५७४ रहेको छ

Facebook Comments Box