विद्यालय जाने क्रममा चट्याङ लागेर ३ बालिका गम्भीर घाइते

कैलाली, १२ असार – कैलालीमा विद्यालय जाने क्रममा चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन् । बुधबार बिहान विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने बालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एपसी) पदमबहादुर बिष्टले घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठात र १० वर्षीया खिमा कठात रहेको जानकारी दिए ।

उनकाअनुसार उनीहरुलाई मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो । गम्भीर घाइते बालिकालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएको छ । उनीहरुलाई थप उपचारका लागि धनगढी ल्याउने तयारी छ ।

Facebook Comments Box