मन्त्रिपरिषद्ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्यान्ड र जर्मनी भ्रमण स्वीकृति

काठमाडौं, १७ जेठ – मन्त्रिपरिषद्ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्यान्ड र जर्मनी भ्रमणको स्वीकृति दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको भ्रमण कार्यक्रमलाई स्वीकृति दिने निर्णय भएको सरकारकी प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनका अनुसार राष्ट्रपति पौडेल नेतृत्वको टोली जेठ ३१ गते स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गर्नेछ। उनी जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १ सय १२ औँ अधिवेशनमा भाग लिन त्यसतर्फ जान लागेका हुन्।

सो कार्यक्रम लगत्तै राष्ट्रपति पौडेल नेतृत्वको टोली जर्मनी भ्रमणमा निस्कनेछ। सो भ्रमणका लागि पनि बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ। ‘संघीय गणतन्त्र जर्मनीको भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्।

Facebook Comments Box