भद्रपुर–इलाम– सलकपुर सडक कालोपत्र गरिँदै

काठमाडौँ, ४ वैशाख – भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक धमाधम कालोपत्र भइरहेको छ । उक्त सडकखण्ड अन्तर्गत पाँच किलोमिटर कालोपत्र भइसकेको छ । झापा जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर कुलानन्द चौधरीका अनुसार हालसम्म सडकको भौतिक प्रगति ४० प्रतिशत भएको छ ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु २६ करोड ६९ लाख ३३ हजार आठ सय २८ मा निर्माण कम्पनी कनकाई मोती जेभीले ठेक्का सकारेको हो । इन्जिनियर चौधरीले भद्रपुर–फडानी पुलबाट इँटाभट्टासम्मको १० किलोमिटर सडक निर्माणमा कुनै समस्या नभएको बताउनुभयो ।

दुई महिनाभित्रमा सडक निर्माण पूरा हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । इँटाभट्टा बजारबाट उत्तरतर्फको १० किलोमिटर खण्डमा स्थानीयको अवरोधका कारण ढिलो भएको बताउनुभयो ।

Facebook Comments Box