तीन प्रदेश प्रमुख पदमुक्त

काठमाडौं, ३० फागुन – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिसमा तीनवटा प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन्। मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गरिएको हो।

राष्ट्रपति पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्‌को फागुन २८ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम उनीहरूलाई पदमुक्त गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।

Facebook Comments Box