प्रतापलाल श्रेष्ठ र शंकरनारायण श्रेष्ठ नेकपा एमालेमा फर्किए
काठमाडौं, १ फागुन – नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठ नेकपा एमालेमा फर्किएका छन् । श्रेष्ठद्वयलाई मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्माले स्वागत गरेका छन् ।
त्यसक्रममा अध्यक्ष ओलीले पार्टीमा कसैलाई भेदभाव नगरिने उल्लेख गर्दै उचित जिम्मेवारी प्रदान गरिने बताए । एमालेबाट विभाजन भई नेकपा एकीकृत समाजवादी गठन हुँदा प्रतापलाल र शंकरनारायण माधव नेपाल नेतृत्वको पार्टीमा लागेका थिए । त्यसअघि एमालेमा रहँदा प्रतापलाल वैकल्पिक केन्द्रीय सदस्य थिए भने शंकरनारायण सल्लाहकार थिए ।
Facebook Comments Box

