तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो दैनिक जनजीवन प्रभावित

काठमाडौं , २८ पुस – तराईका अधिकांश स्थानमा यतिबेला हुस्सु र कुहिरो लागेको छ। जसले चिसो बढ्नुका साथै नागरिकको दैनिक जनजीवन प्रभावित बनेको छ। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभए पनि हुस्सु र कुहिरोको कारण तराई मधेशका क्षेत्रमा सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

यतिबेला सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ भने तराईका अधिकांश स्थानमा बिहानैबाट हुस्सु र कुहिरो लागेको छ। आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने र देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। आज राति गण्डकी प्रदेशमा आंशिक बदली रहने र आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने अनुमान महाशाखाले जनाएको छ।

Facebook Comments Box