गाई काटेको आरोपमा तीन जना पक्राउ

काठमाडौँ, ९ पुस – काभ्रेको पाँचखाल नगरपालिका १ घुमाउने चौरमा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचखाल नगरपलिका १ का वर्ष ३४ को मिनबहादुर तामाङ, वर्ष ३० को सन्तबहादुर तामाङ र सिन्धुलीको घ्याङलेक गाउँपालिका २ बस्ने वर्ष २७ को अर्जुन लामा थिङ रहेका छन्।

गाई काटेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरी टोलीले अन्दाजी ८५ केजी गाईको मासु सहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box