मेलम्चीका पानी छिटो काठमाडौं ल्याउन माग गर्दै विरोध प्रदर्शन

काठमाडौँ, २ पुस – काठमाडौं उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले मेलम्चीका पानी छिटो काठमाडौं ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ। सोमवार काठमाडौंको कोटेश्वरदेखि मिनभवनसम्म उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।

सो क्रममा उनीहरुले पानी राख्न प्रयोग हुने जार, बाल्टी, गाग्री, कलश लगायतका सामग्री प्रदर्शन गरेका थिए। उनीहरुले मेलम्ची पानी छिटो खोल, मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर् लगायतका नारासमेत लगाएका थिए।

Facebook Comments Box