७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौँमा र्‍याली

काठमाडौँ, २४ मङ्सिर – ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौँमा र्‍याली निकालिएको छ । आज बिहान काठमाडौँको भृकुटीमण्डपमा मानवअधिकार र्‍याली निकालिएको हो । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा गैसस महासङ्घ नेपाल लगायतका संसंस्थाहरु र्‍यालीमा सहभागी भएका थिए ।

र्‍याली भृकुटीमण्डपबाट सुरु भई शान्ति बाटिकामा सम्पन्न हुनेछ । यस वर्ष प्राकृतिक प्रकोप तथा विपद्बाट प्रभावितहरूका लागि मानव अपधकारको सुनिश्चितता: आजको आवश्यकता भन्ने नारा तय गरिएको छ । र्‍यालीमा सहभागीहरूले लैङ्गिक हिंसाको सुनिश्चितता गर्नुपर्ने मागसहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

Facebook Comments Box