अब कुनैपनि निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन गर्दैन : डा शेखर कोइराला

काठमाडौँ, १७ मङ्सिर – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अब कुनैपनि निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने बताएका छन्। शनिबार नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनलाई बुटवलमा सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्। उनले कांग्रेस एक ढिक्का हुन नेताहरुले दम्भ छाड्नुपर्ने बताए।

नेताहरुले उग्र महत्त्वकांक्षा त्यागेर आफ्नो आचरण नसुधारे सम्म कांग्रेस पार्टी परिवर्तन नहुने उनको भनाई थियो। कोइरालाले कांग्रेस पार्टी परिवर्तन नभएसम्म देशमा सुशासन नआउने समेत बताए। युवालाई विदेश पलायन हुनबाट रोक्न नसके देश थप धरासायी हुने कोइरालाको भनाई थियो। ‘दैनिक लस्कर लागेर युवा विदेशिएकोमा हामी कसैलाई चिन्ता छैन। केवल स्वार्थ केन्द्रित राजनीतिमा छौं। अनि देश कसरी देश बन्छ?’ कोइरालाले भने।

Facebook Comments Box