बर्दियाको गुलरियास्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु
काठमाडौँ, ९ मङ्सिर – शुक्रवार राती करिब ८ बजे बर्दियाको गुलरियास्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ। घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन्। । स्थानीय भरत चन्दको ईट्टामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासि आगलागी हुँदा मानवीय क्षति भएको बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
आगलागीबाट घरको एउटा कोठा पूर्ण रूपमा जली नष्ट भएको थियो । घाइतेको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको छ । मृत्यु हुनेमा बर्दिया गुलरिया नगरपालिका ४ का ३६ वर्षीया राधा बुढा, नौ वर्षीया मानसी बुढा, सात वर्षीय कृष चन्द र १८ महिनाको कार्तिक चन्द रहेको प्रहरीले जनाएको छ । यता बर्दिया गुलरिया नगरपालिका ४ का २७ वर्षीया करिश्मा चन्द घाइते हुनु भएको छ ।

