काठमाडौं उपत्यका र आसपासका जिल्लामा आज बिहान ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं, कात्तिक  – काठमाडौं उपत्यका र आसपासका जिल्लामा आज बिहान महसुस भएको भूकम्प धादिङ केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

काठमाडौं धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, नुवाकोट, मकवानपुर, चितवन लगायतका जिल्लामा समेत महसुस भएको थियो । भूकम्पले क्षति पुर्याएनपुर्याएको बारे भने एकीन विवरण आउन बाँकी छ ।

Facebook Comments Box