विश्वकप छनोटको प्रारम्भिक चरणको पहिलो खेलमा नेपाल र लाओसबीचको खेल बराबरीमा

काठमाडौँ, २५ असोज – विश्वकप छनोटको प्रारम्भिक चरणको पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा दुवै टिमले १-१ गोल गरेका हुन् । खेलको ३३औं मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गरेका थिए ।

उनले चोनी वेनपासेर्थको पासमा नेपाली खेलाडीलाई छक्काउँदै गोल गरे । सुरुमा अनन्त तामाङलाई छलाएका उनले तीन नेपाली खेलाडीलाई बिट गर्दै गोल गरेका हुन् । तर ४९ ‌औं मिनेटमा अञ्जन विष्टले बराबरी गोल फर्काए । एरिक विष्टको कर्नरमा विष्टले हेडर गोल गरेर नेपाललाई हारबाट जोगाए ।

Facebook Comments Box