गएरातिदेखि परेको अविरल वर्षाका कारण सेती प्रादेशिक अस्पताल क्षेत्र जलमग्न

काठमाडौं, ८ असोज – कैलालीको धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । गएरातिदेखि परेको अविरल वर्षाका कारण सेती प्रादेशिक अस्पताल, पार्कमोडलगायतका क्षेत्र जलमग्न भएका हुन् । अस्पतालका वार्डहरुमा वर्षाको पानी पसेपछि बिरामीहरुलाई सास्ती भएको हो ।

त्यस्तै सडक निर्माणको कार्य भइरहेको मुख्य सडकमा पानी निकास नहुँदा हिलाम्य हुनुका साथै जलमग्न भएका छन् । जसका कारण आवातजावातमा समस्या भएको छ ।

Facebook Comments Box