पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
काठमाडौँ, १४ भदौ – पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । टोपे खोलामा आज बिहान खसेको पहिरोको मुग्लिन-नारायणगढ सडक बन्द भएको हो । अहिले पहिरो पन्छाएर एकतर्फीमात्र बाटो खुलाइएको छ ।
सबै पहिरो पन्छाएर दुईतर्फी नै सवारी साधन गुड्न अझै केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो हटाइन्जेल सवारी साधनहरुलाई मुग्लिन र जुगेडीमा रोकिएको छ ।
Facebook Comments Box

