योन्जनवंशको पुजापाठमा आधारित पुजाविधि पुस्तक बिमोजन

काठमाडौँ, ३० साउन – योन्जनवंशको पुजापाठमा आधारित पुजाविधि पुस्तक बिमोजन भएको छ । बौद्ध काठमाडाैँ नयाँबस्तीमा रहेको छ्योर्तेन टासी तामाङ गुम्बामा साउन २९ गते उर्गेन धोङाक छ्योइफेल छ्योतेन धार्गेलिङ गोन्पाले प्रकाशन गरेको पुजाविधि पुस्तकलाई प्रमुख अतिथि बागमती प्रदेशकी माननीय सांसद माइली तामाङसंगै अतिथिहरुबाट संयुक्त रुपमा बिमोचन भएको हो ।

लिसंखु पाखर गाउँपालिका वडा नं.-२, म्हानेडाँडाका स्व.पद्मबज्र लामाले परिकल्पना तथा संकलन गर्नुभएको सामग्रीलाई उहाँकै छोरा जीवन योन्जन लामाले संयोजन गरेर पुस्तकको रुपरि उतारेको हो । जसलाई धोङाक छ्योइफेल छ्योतेन धार्गेलिङ गोन्पाले प्रकाशन गरेको छ ।

उक्त पुस्तकलाई स्व.पद्मबज्र लामा स्वर्गारोहण भएको दुइ वर्ष पुगेको पुण्यतिथिमा विमोचन भएको हो । पुस्तकमा योन्जन थरी तामाङले पितृ पूजा गर्ने (फुइ ठाम्बा) बिधि र तरिकाको बारेमा छोटकारीमा राखिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि माननीय माइली तामाङ, जापानका लागि पूर्वराजदुत डा. गणेश योन्जन, लेखक एवं राजनितिज्ञ सिताराम तामाङ, ह्योन्जन बशं नेपालका अध्यक्ष महेन्द्रजंग तामाङ, लेखक एवं राजनितिज्ञ परशुराम तामाङ, लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामा, लिसंखु पाखर गाउँपालिकाका पूर्व उपाध्यक्ष हेमगंगा मोक्तान, अनुवादक टीका सेर्पा, श्री बुद्धोदय माविका प्र.अ.कृष्ण बहादुर श्रेष्ठ, समाजसेवी पुण्यबज्र लामाले पुस्तकको महत्वको बारेमा आ-आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रम गोन्पाका प्रमुख लामा लवाङ घ्याम्छो लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

त्यस्तैगरी दोमाङ सार पुस्तक बिमोचन गरिएकाे छ । बुद्ध बचन सुत्र तन्त्रको सागर सार कामघेनु सम मणिमाला (धारणी) संग्रह नाम विहरतिस्म (दोमाङ सार मन्त्र) नामक पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । छ्योर्तेन टासी तामाङ गुम्बामा साउन २९ गते एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि परम पुज्यनीय तामाङ टुल्कु लोब्साङ नामग्याल रिन्पोछेको बाहुलीमा पुस्तक विमोचन भएको हो ।

तामाङ गुम्बाका अध्यक्ष हरिबहादुर लामाले संकलन गरेको उक्त पुस्तकलाई खेन्पो निमा जाङबो लामा र लामा पेमा ग्याल्पोले सम्पादन गुरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि परम पुज्यनीय तामाङ टुल्कु लोब्साङ नामग्याल रिन्पोछे, खेन्पो सोनाम घ्युर्मी, खेन्पो निमा जाङ्बो लामा, लोपेन साङगे रुम्बा, लोपेन पेमा ग्याल्बो, समाजसेवी टासी लामा, समाजसेवी टुकमान लामा, गुम्बाका महासचिव हिराबहादुर लामालगायतले पुस्तकको महत्वको बारेमा आ-आफ्नो बिचार राखेका थिए ।

साथै सोही दिन छ्योर्तेन टासी तामाङ गुम्बामा सुरेश लामाको संयोजकत्वमा १५ सदस्य रहेको युवा समुह गठन गरेको छ ।

बुद्ध योन्जन लामा

Facebook Comments Box