२९ औं तामाङ प्रसारण दिवसकाे अवसरमा २ पत्रकार सम्मानित
काठमाडौँ, १ भदौ – २९ औं तामाङ प्रसारण दिवसको अवसरमा काठमाडौंमा आज २ जना पत्रकारलाई सम्मान गरिएको छ । तामाङ पत्रकार संघ, संघिय समितीको आयोजनामा नेपाल पर्यटन बोर्डमा भएको कार्यक्रममा तामाङ मिडिया अवार्डबाट २ जना पत्रकार सम्मानित भएका हुन् ।
सम्मान पाउनेहरुमा कोसी प्रदेशबाट प्रकाशित हुदै आएको ब्लाष्ट दैनिकका सन्तबिर लामा मोक्तान र इन्डिजिनियस टेलिभिजनकी मायालु ङेसुर तामाङ रहेका छन् ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा बागमती प्रदेश खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तिर्थबहादुर लामाले अवार्ड प्रदान गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री लामाले पत्रकारहरुले सत्य तत्य समाचार लेखि समाजलाई सहिबाटोमा डोराउने काम गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले तामाङलगायत पछाडि पारिएका जाति र समुदायका आवाज बुलन्द गर्न पत्रकारको महत्वपुणर् भुमिका रहेको भन्दै सचेत भएर काम गर्न अनुरोध गर्नु भएको छ । त्यस्तै मन्त्री लामाले आगामी भदौ महिनाभित्र वागमती प्रदेशमा तामाङ र नेवार भाषालाई सरकारी कामकाजको भाषा बनाउन ऐन पास गर्ने बताउनु भयो ।
‘सरकारी कामकाजको भाषामा तामाङ भाषालाई माध्यमको भाषा बनाउन पारित भएको बताउनु भयो । कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले पहिचानको आन्दोलनलाई मजबुद बनाउन पत्रकारहरुको भुमिका सकरात्मक हुनुपर्ने भन्दै सबैखाले विभेदको अन्त्य नभएसम्म देशमा विकास र समृद्धि सम्भव नभएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा भाषा आयोगका सदस्य एवं तामाङ भाषाविद अमृत योन्जन तामाङले मातृभाषाको पत्रकारिताको विकासको लागि राज्यको पनि ध्यान जान जरुरी रहेको बताउनु भयो । नेपाल टेलिभिजनका महानिर्देशक फुलमान बलले अहिले न्यु मडियामामा जोड दिदै अगाडी बढ्नुको विकल्प नरहेको बताउनु भयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोजिनका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले आदिवासी जनजाति समुदायका पत्रकारको क्षमता अभिवृद्धिको लागि राज्यले कुनै सहयोग नगरेको गुनासो गर्नु भयो ।
तामाङ पत्रकारहरुले रेडियो नेपालमा पहिलो पटक तामाङ मातृभाषामा समाचार प्रसारण भएको दिन, भदौं १ गतेलाई तामाङ प्रसारण दिवसको रुपमा मनाउँदै आएका छन् ।
दिवसको आज बागमती, कोसी प्रदेश, मधेस र गण्डकी प्रदेशका जिल्लाहरुमा रहेका तामाङ पत्रकार संघका शाखाहरुले शुभकामना आदन प्रदान, पुरस्कार वितरण, चियापन लगायतका कार्यक्रम गरेका संघका अध्यक्ष सुवास योन्जनले जानकारी दिनुभयो ।
कार्यक्रममा आज तामाङ पत्रकारिता सम्बन्धि लेखहरु समेटिएको पुस्तक ‘ह्याङला काई’ बिमोचन गर्नुका साथै तामाङ लोक सम्राट चन्द्रकुमार मोक्तानको चर्चित गित ‘साङाला जिर्मा’को रिमिक्स भर्सन सर्वाजानिक गरिएको थियो ।
बुद्ध योञ्जन लामा