भारत र पाकिस्तानमा भूकम्पको धक्का
खजुरा, २१ साउन – शनिबार राति दिल्ली–एनसीआरलगायत भारतका धेरै राज्यमा भूकम्पको धक्का महसुस गरिएको छ। भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.८ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु हिन्दुकुश क्षेत्रमा थियो।
भूकम्पको केन्द्रबिन्दु जमिनबाट १८१ किलोमिटर तल रहेको बताइएको छ। भारतको जम्मु कश्मीर, पञ्जाब र हिमाचलमा पनि भूकम्पको धक्का महसुस गरिएको समाचारमा जनाइएको छ। पाकिस्तानका धेरै सहरमा पनि भूकम्पको धक्का महसुस गरिएको छ।
Facebook Comments Box

