ऋण तिर्न नसक्दा पटकपटक जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ, १२ साउन – ५ लाख ऋण तिर्न नसक्दा ऋणीको घर जग्गा कब्जा गरेर पटकपटक जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरको टोलीले ललितपुरको थेचोबाट सूर्जमान मालीलाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले बतायो ।

यो घटनाका पीडितले शुक्रबार मात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेकी थिइन् । लगत्तै ललितपुर प्रहरीको विशेष टोलीले मालीलाई पक्राउ गरेको हो ।

उनलाई अदालत हाजिर गराएर थप अनुसन्धानका लागि म्याद लिने प्रहरीको तयारी छ । मालीबाट पटकपटक दुव्र्यवहार र यातना पाएपछि पीडितले आत्महत्या गर्ने प्रयास समेत गरेकी थिइन् ।

Facebook Comments Box