सुनसरीका तरहरा र धरान तथा मोरङको हरैँचा आसपास भारी वर्षा

काठमाडौं, २७ असार – सुनसरीका तरहरा र धरान तथा मोरङको हरैँचा आसपास भारी वर्षा भइरहेकाले नदी क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहेकाहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ।

आज बिहान ८ बजे सूचना जारी गर्दै विभागले भनेको छ– पछिल्लो ३ घण्टामा सुनसरीको तरहरा, धरान र मोरङको हरैँचा आसपास भारी वर्षा भईरहेकाले उक्त स्थान भई बहने ससाना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ।’

Facebook Comments Box