नेपाल वातावरण पत्रकार समुह द्वारा स्वच्छ हावाका लागी नागरिक हस्तक्षेप नामक पत्रकारहरुसंग अन्र्तक्रिया कार्यक्रमको आयोजना
काठमाडौं, ५ असार – नेपालको सविंधानले धारा ३० मा स्वच्छ र स्वस्थ्य वातावरणमा वाच्न पाउने हक अन्र्तगत स्वच्छ हावा सवै नागरिकले प्रत्याभुत गर्न पाउनुपर्ने भनेर उल्लेख गरिएको छ । तर वेलावेलामा काठमाडौं उपत्यका र तराई मधेस क्षेत्र बिश्वका सवैभन्दा प्रदुशित शहरहरुको स्थानमा पर्ने गरेका छन् ।
त्यसैले देशको सविंधानले प्रत्याभुत गरेको स्वच्छ र स्वस्थ्य वातावरणमा वाच्न पाउने तथा स्वच्छ हावा सवै नागरिकले स्वस्थ्य हावामा सास फेर्न पाउनुपर्ने नागरिकको अधिकारको पुणर्त संरक्षण गर्नुपर्ने आवाज उठेको छ ।
आज नेपाल वातावरण पत्रकार समुहले ‘‘हाकाहाकी वहसः स्वच्छ हावाका लागी नागरिक हस्तक्षेप’‘ नामक पत्रकारहरुसंग अन्र्तक्रिया कार्यक्रमको आयोजना गरी सम्वन्धित निकायहरुलाई वायु प्रदुषण नियन्त्रण र नियमनको जिम्मेवारी पुरा गर्न आग्रह गरेको हो ।
अग्रगमनका लागी बृहत नागरिक आन्दोलन संगको सहकार्यमा नेपाल वातावरण पत्रकार समुहको हलमा आयोजना गरिएको कार्यक्रममा काठमाडौं उपत्यका लगायत देशभरी नै वायु प्रदुशणले मानव स्वास्थ्यमा के कस्तो असर पारेको छ भन्ने बिषयमा छलफल गरिएको थियो ।
यसैबीच नेपाल वातावरण पत्रकार समुहका महासचिव सविन शर्माले नेपाल वातावरण पत्रकार समुहले स्वच्छ हावा, दिगो बिकाश र वातावरणका क्षेत्रमा काम गर्ने पत्रकारहरुलाई बिभिन्न किसमका तालिमहरुको आयोजना गर्दैआएको बताउनुहुदै पत्रकारहरुले यस विषयमा अझ वढी कलम चलाउनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।
यस्तै वातावरण बैज्ञानिक उत्तमवावु श्रेष्ठले सामान्य सामान्य कुराहरु पनि समाचार वन्ने तर प्रत्येक सेकेण्ड हरेक नागरिकले फेर्ने हावा प्रदुशित वनिरहदा कसैको ध्यान नगएको वताउनुभयो । उहाले पत्रकारहरुलाई पनि यस विषयमा कुरा उठाउन आग्रह समेत गर्नुभयो ।
यस्तै फोक्सो तथा सघन उपचार बिशेषज्ञ डा. रक्षा पाण्डेले वायु प्रदुशण कोलस्ट्रोल तथा सुगर जस्ता रोगहरुभन्दा पनि घातक रहेकाले यसको नियन्त्रण र नियमनवारे सरोकावाला निकायले वेलैमा ध्यान दिनुपर्ने बताउनुभयो ।
वातावरण कानुनबिद् तथा अधिबक्ता रोशनी गिरीले पनि सरकारले आम नागरिकले पेट्रोल सहितका वस्तुहरुमा एक रुपैया ५० पैसा प्रदुशण कर भनेर कर उठाउने गरेको तर सो रकम सही ठाउँमा सदुपयोग गर्न भने नसकेको वताउनुभयो ।
आ.व. २०७९/८० सम्म करवापत उठेको करिव १४ अर्व ८० करोड रकमको लागी प्रदुशण कोष निर्माण गर्न अदालतले दिएको आदेशको पनि वेवास्ता गरिएको उहाँको भनाई छ ।
वातावरणबिद् भुषण तुलाधरले भने आम नागरिकवाट कुरा उठेमा सरकार आफ्नो काम गर्न वाध्य हुने वताउनुभयो । उहाँले हरेक समस्याको समाधान हुने तर त्यसको लागी नागरिक समाज तथा सञ्चारकमीहरुले प्रश्न गर्न चुक्न नहुने बताउनुभयो ।
यस्तै वातावरण पत्रकार समुहका अध्यक्ष रोशनी अधिकारीले कार्यक्रममा सहभागीलाई धन्यवाद दिदै वातावरण पत्रकार समुहले लामो समयदेखी वातावरणका क्षेत्रमा आवाजहरु उठायदै आएको र अवका दिनमा पनि यस्ता बिषयहरुमा आवज उठाउदै जाने वताउनुभयो ।
अर्जुन धामी

