युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले भारतसहित पाँच देशका राजदूतलाई देश निकाला
काठमाडौँ, २६ असार – चार महिनादेखि जारी युद्धमा रसिया पकड बनाउँदै लगिरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले पाँच देशका राजदूतलाई देशनिकाला गरेका छन्। उनले यससम्बन्धी एक आदेशमा शनिबार हस्ताक्षर गरेका छन्। जेलेन्सकीले चारवटा युरोपेली राष्ट्रका राजदूतलाई पनि बर्खास्त गर्दै देशनिकालाको घोषणा गरेका छन्। जेलेन्सकीले युरोपेली मुलुकहरु जर्मनी, हंगेरी,चेक रिपब्लिक र नर्वेका राजदूलाई बर्खास्त गर्दै देश छाड्ने आदेश दिएका हुन्।
युक्रेनमाथि आक्रमणको मामिलामा रसियाको पक्षमा देखिँदै आएको भारतका युक्रेनस्थित राजदूत पनि जेलेन्सकीको निशानामा परेका छन्। रसियाले आक्रमण गरेपछि जेलेन्सकीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर सहयोगको गुहार मागेका थिए।
तर अर्बौँ डलरको व्यापारिक साझेदार रसियाविरुद्ध राष्ट्रसंघदेखि अन्य अन्तर्राष्ट्रिय फोरममा पनि भारत उभिन तयार भएको थिए। पछिल्लो समय युक्रेन मामिलामा अमेरिका नेतृत्वको नेटो र युरोपेली मुलुकहरुले हात झिक्दै गएपछि रसियाले एकपछि अर्को भूभाग कब्जा तीव्र बनाएको छ।

