जसपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, १ असार – विधान अधिवेशनको तयारी गर्न जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक असार ९ गते बिहान १० बजेका लागि बोलाइएको हो । केन्द्रीय कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र सङ्गठनहरुले पठाएका सुझावहरु समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जसपाले असार १०, ११ र १२ गते काठमाडौंमा विधान अधिवेशन गर्दै छ । विभिन्न समिति र सङ्गठनबाट गरी ७७८ जना प्रतिनिधिहरु विधान अधिवेशनमा सहभागि हुनेछन्, जसमध्ये ४२३ जना केन्द्रीय समिति सदस्यहरु छन् । केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकाले जसपाका ४२३ जना केन्द्रीय सदस्यहरु स्वतः विधान अधिवेशनका प्रतिनिधि हुनेछन् ।

Facebook Comments Box