मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं, ३२ जेठ – मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान ७ः३० बजे बैठक बस्ने भएको हो ।

प्रधानन्यायाधीश नियुक्तिको पूर्वसन्ध्यामा बस्न लागेको बैठकलाई अर्थपूर्ण मानिएको छ । यद्यपि बैठकका एजेन्डाबारे कुनै जानकारी दिइएको छैन ।

Facebook Comments Box