मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सिंगो सदनबाट विश्वासको मत प्राप्त

काठमाडौं, ३० जेठ – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सिंगो सदनबाट विश्वासको मत प्राप्त गरेका छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित प्रदेशसभाका सबै दलले उनलाई विश्वासको मत दिएको हो। मुख्यमन्त्री यादवको पक्षमा प्रदेशसभामा उपस्थित सबै १०३ सांसदले मत दिएका हुन्। मधेश प्रदेशसभामा १०७ सांसद छन्।

गत जेठ १ मा समर्थन फिर्ता लिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि यादवलाई विश्वासको मत दिएको हो। एमालेले समर्थन फिर्ता लिएकै कारण मुख्यमन्त्री यादवले विश्वासको मत लिनु परेको थियो।

Facebook Comments Box