नीति तथा कार्यक्रमबारे छलफल जारी रहने
काठमाडौं, ८ जेठ – आ.व. २०८०/०८१ का लागि संसद्मा पेस सरकारको वार्षिक नीति तथा कार्यक्रमबारेको छलफल आज (सोमबार) पनि जारी रहने भएको छ। त्यसका लागि अहिले बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रमबारे आइतबारदेखि प्रतिनिधि सभामा छलफल भइरहेको हो। उक्त छलफल आज पनि जारी रहने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
Facebook Comments Box

