पेरूको सुनखानीमा आगलागी हुँदा कम्तीमा २७ जना कामदारको मृत्यु
काठमाडौँ, २५ वैशाख – पेरूको दक्षिणी क्षेत्रमा रहेको एक सुनखानीमा आगलागी हुँदा कम्तीमा २७ जना कामदारको मृत्यु भएको छ। एरिक्विपा क्षेत्रमा रहेको ला एस्पेरान्जा खानीभित्रको सुरुङमा शनिबार सर्ट सर्किटका कारण आगलागी भएको प्रहरी र सरकारी अधिवक्ताको कार्यालयले जनाएको छ।
सरकारी अभियोजक जियोभान्नी माटोसले च्यानल एन टेलिभिजनलाई दिएको जानकारीअनुसार खानीभित्र २७ जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार सुदूर कोन्डेसुयोस प्रान्तको खानीमा विस्फोट भएपछि आगलागी सुरु भएको हो। प्रहरीले मृतकको विवरण संकलन गरेपछि मात्रै आगलागीको खबर आइतबार प्रकाशित गरेको हो । उद्धार टोलीले मृतकको शव निकाल्नुअघि खानीलाई सुरक्षित बनाउने प्रयास गरिरहेका बताएको छ।
Facebook Comments Box

