पछिल्लो २४ घण्टामा देशभर ९१ जानामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २० वैशाख – पछिल्लो २४ घण्टामा देशभर ९१ जानामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३६ आरटी पीसीआर तथा २ हजार ५३२ एन्टीजेन परिक्षण सहित २ हजर १९६ जनाको परिक्षण गर्दा ९१ जानामा कोरोना संक्रमण पुष्टि भएकाे स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

अहिले सम्म कोरोना संक्रमितको कुल संख्या ११ लाख ५६ हजार ५८७ रहेको छ भने सक्रिय संक्रमितको संख्या २२० रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ९० हजार ७८१ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे स्वास्थय मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार ३० पुगेको छ ।

Facebook Comments Box