पछिल्लो २४ घण्टामा देशभर ६० जानामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १७ वैशाख – पछिल्लो २४ घण्टामा देशभर ६० जानामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७२ आरटी पीसीआर तथा १ हजार २०१ एन्टीजेन परिक्षण सहित १ हजर ४७३ जनाको परिक्षण गर्दा ६० जानामा कोरोना संक्रमण पुष्टि भएकाे स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
अहिले सम्म कोरोना संक्रमितको कुल संख्या ११ लाख ५६ हजार ४२२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३२८ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ५५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ९० हजार ६०५ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे
संख्या शुन्य रहेकाे स्वास्थय मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार ३० पुगेको छ ।

