चन्द्रागिरि नगरपालिकामा आज सार्वजनिक बिदा
काठमाडौँ, ७ वैशाख – काठमाडौँको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यले चन्द्रागिरि नगरपालिकाको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मातातीर्थ औँसीको अवसर पारेर सार्वजनिक बिदा दिइएको जानकारी दिए।
नगरपालिकाले सार्वजनिक बिदा दिएसँगै भोलि चन्द्रागिरिभित्रका सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरू बन्द हुनेछन्। मातातीर्थ औँसी (आमाको मुख हेर्ने औँसी) का दिन चन्द्रागिरि–६ महादेवस्थानमा रहेको मातातीर्थ कुण्डमा मेला लाग्ने गर्दछ। मातातीर्थ औँसीको दिनमा उक्त क्षेत्रमा आज साँझदेखि बत्ती बाल्ने तथा भोलि कुण्डमा स्नान गर्ने कार्यक्रम छ।
Facebook Comments Box

