पूर्व कप्तान ज्ञानेन्द्र मल्लकाे टिममा पुनरागमन

काठमाडौँ, २४ साउन – नेपाल क्रिकेट संघले क्यानले केन्या भ्रमणका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ । टिममा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् ।

ज्ञानेन्द्रसँगै शाहब आलम र विवेक यादवले पनि पुनरागमन गरेका छन् । अर्जुन साउद पहिलो पटक टिममा परेका छन् । कुशल भुर्तेल र विनोद भण्डारी भने राष्ट्रिय टिमबाट बाहिरिएका छन् ।

नेपालले केन्यामा गएर भदौ ९ देखि १३ सम्म टी–२० अन्तर्राष्ट्रिय तथा भदौ १७, १८ र २० गते एकदिवशीय खेल खेल्ने छ ।

Facebook Comments Box