पछिल्लो २४ घण्टामा देशभर ९९ जानामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ३ वैशाख – पछिल्लो २४ घण्टामा देशभर ९९ जानामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३६४ आरटी पीसीआर तथा १ हजार २४० एन्टीजेन परिक्षण सहित १ हजर ६०४ जनाको परिक्षण गर्दा ९९ जानामा कोरोना संक्रमण पुष्टि भएकाे स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
अहिले सम्म कोरोना संक्रमितको कुल संख्या ११ लाख ५५ हजार १२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३७७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८९ हजार ७७९ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार २२ पुगेको छ ।

