नेफेजले मानव स्वास्थ्यमा वायु प्रदूषणको प्रभाव र मिडियाको भूमिका” विषयक अभिमुखीकरण तालिम सुरु
काठमाडौँ, २७ चैत – नेपाल बातावरण पत्रकार समुह नेफेजद्धारा मानव स्वास्थ्यमा वायु प्रदूषणको प्रभाव र मिडियाको भूमिका” विषयक २ दिने अभिमुखीकरण तालिम सुरु गरेको छ ।
“मानव स्वास्थ्यमा वायु प्रदूषणको प्रभाव र मिडियाको भूमिका विषयक” को विषयमा कसरी समाचार वा फिचर लेख्न सकिन्छ, यसमा के के विषयमा ध्यान पुर्याउन जरुरी छ भन्ने कुराका साथै दुषित हावाका (वायु गुणस्तर) का विषयमा कसरी सहज र सरल तथा प्रभावकारी तरिकाले समाचार तयार पार्न सकिन्छ
जस्ता विषयमा सार्वजनिक स्वास्थ्य संगठन (एन्फो) को सहकार्यमा नेपाल वातावरण पत्रकार समूहले पत्रकारहरुलाई दुईदिने अभिमूखीकरण तालिम कार्यक्रम आयोजना गरेको हो । यस अभिमूखिकरण तालिम कार्यक्रममा तपाईँको सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौंँ ।
ललितपुरको लनगखेलस्थित एक होटलमा आजदेखी सुरु भएको उक्त अभिमुखीकरण तालिममा बातावरणबिद् भुषण तुलाधरले नेपालमा वायु प्रदुशणको अवस्था यस्को प्रभाव र वायु प्रदुशणलाई क मगर्ने उपायहरुका वारेमा बताउनुभएको थियो ।
यस्तै सार्वजनिक स्वास्थ्य संगठन (एन्फो) निर्देशक राजेन्द्र श्रेष्ठले बतावरणीय प्रदुशण र जनस्वास्थ्य का बिषयमा केन्द्रित रहेर प्रस्तुति दिनुभएको थियो । यस्तै कार्यक्रममा सहभागीहरुले काठमाण्डौको टेकुमा सवारी परीक्षण कार्यलयको समेत अवलोकन गरेका थिए ।
टेकुस्थित सवारी परीक्षण कार्यलयले काठमाण्डौ उपत्यकामा गुड्ने सवारी साधनको प्रदुशणको अनुगमन र नियन्त्रण गर्दै आईरहेको छ ।

