आज देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना
काठमाडौँ, २६ चैत – आज देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा र देशका बाँकी प्रदेशको पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।
यसबाहेक दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। महाशाखाका अनुसार राति भने कतै वर्षाको सम्भावना छैन। राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।
Facebook Comments Box

