पछिल्लो २४ घण्टामा देशभर ७६ जानामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २० चैत – पछिल्लो २४ घण्टामा देशभर ७६ जानामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार
३४५ आरटी पीसीआर तथा ८०८ एन्टीजेन परिक्षण सहितर १ हजार १५१ जनाको परिक्षण गर्दा ७६ जानामा कोरोना संक्रमण पुष्टि भएकाे स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
अहिले सम्म कोरोना संक्रमितको कुल संख्या ११ लाख ५३ हजार ८८१ रहेको छ भने सक्रिय संक्रमितको संख्या २२७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८९ हजार २२३ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार २० पुगेको

