आज देशका विभिन्न स्थानमा वर्षा हुने, एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना

काठमाडौँ, ३१ जेठ – आज देशका विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली भइ बाँकी भू-भागहरुमा मौसम सफा रहने विभागले जनाएकाे छ।

प्रदेश नं १ का धेरै, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ तथा मधेश प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

बुधबार

प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली बाँकी भूभागहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बुधबार राति : प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू‍‍‍-भागहरूमा सामान्य बदली तथा बाँकी भूभागहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

बिहीबार

प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू‍‍‍-भागहरूमा आंशिक -देखि सामान्य बदली वाँकी भू-भागहरुमा आंशिक बदली -देखि मौसम सामान्यतया सफा रहने छ।

प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार राति: प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा सामान्य बदली तथा बाँकी भू-भागहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही लुम्बिनी प्रदेशका थोरै र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

Facebook Comments Box