प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ, १५ चैत – प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। आजको बैठकका लागि सम्भावित कार्यसूची पनि तय गरिएको छ।

जसअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९ पेस गर्ने छन्। यस्तै आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसद्‌मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

Facebook Comments Box