हावाको तीव्र गतिका कारण कतार र मालिन्दोको जहाज काठमाडौं अवतरण गर्न सकेनन्

काठमाडौं, १२ फागुन – जहाज आएकै दिशाबाट तीव्र गतिमा बहेको हावाका कारण कतारबाट आएको कतार एयरवेज र मलेसियाबाट आएको मालिन्दो एयरले ओभरसुट गर्नु परेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यी दुई जहाज अवतरण गर्न नसकी पुनः आकाशमै फर्काइएको छ । यस्तो अवस्थालाई ‘टेलविन्ड’ भनिन्छ ।

सामान्यतया १० नट्स भन्दा कमको वहाव हुँदा जहाज अवतरण गर्न सक्छन् । तर, गति १५ नट्सभन्दा माथि भएपछि जहाज ओभरसुट गर्नु परेको हो । यी जहाज अहिले नेपाली आकाशमा घुमिरहेका छन् । चाप सामान्य भएपछि अवतरण गराइने कार्यालय स्रोतको

Facebook Comments Box