पूर्वराजाबाट उद्घाटन ‘धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान’

झापा, १ फागुन – दुर्गा प्रसाईले ‘धर्म,संस्कृति र नागरिक बचाऊ महाअभियान’ सुरु गरेका छन्। उनले आफ्नो यो अभियानको सुरुवात पूर्वराजा ज्ञानेन्द्र शाहबाट गराएका हुन्। प्रसाईले पूर्वराजा शाह, युवराज पारस शाह र उनको परिवारका सदस्यहरूलाई एकै मञ्चमा राखे।

प्रसाईले ‘धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान’लाई झापाको काकडभिट्टास्थित मेचीपुलबाट सुरु गरेर महाकालीसम्म पुर्‍याउने बताएका छन्। मेची पुलमा पूर्वराजा शाहले दीप प्रज्वलन गरेर सोमबार महाअभियानको उद्घाटन गरे।

प्रसाईको महाअभियान उद्घाटनका क्रममा पूर्वराजा शाह, छोरा पूर्वयुवराज पारस र छोरी प्रेरणा पनि सहभागी थिए। तर यस अभियानका क्रममा पूर्वरानी कोमल र पूर्वयुराज्ञी हिमानी भने देखिएनन्।

प्रसाईले यो अभियानका क्रममा संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा र व्यावसायिक वातावरणको माग गरेका छन्। प्रसाईंले यो महाभियान मेची पुलबाट महाकाली हुँदै काठमाडौंमा पुर्‍याएर टुंग्याउने तयारी छ।

Facebook Comments Box