टर्की भूकम्प : ५२ घण्टापछि ८ वर्षीय बालकको सकुशल उद्धार
काठमाडौँ, २५ माघ – टर्कीमा गत सोमबारको भूकम्पमा परी मर्नेको संख्या बुधबारसम्म ९ हजार नाघिसकेको छ। हजारौँ अन्य मानिसहरु घाइते भएका छन् भने सहरका गगनचुम्बी भवनहरु भग्नावशेषमा परिणत भएका छन्।
त्यहाँ अहिले पनि जीवित र घाइतेको उद्धार जारी छ। विश्वका धेरै देशले टर्कीमा उद्धार टोली र अत्यावश्यक सामग्री पठाइरहेका छन्। खोजी र उद्धार कार्य निरन्तर भइरहँदा एक ८ वर्षीय बालकको ५२ घण्टापछि जीवितै उद्धार भएको छ। बीबीसीका अनुसार भूकम्पले भत्केको भवनको भग्नावशेषबाट ती बालकको ५२ घण्टापछि जीवितै उद्धार गरिएको हो।
यिजित केकम्याकको उद्धार भइरहँदा उनलाई उनकी आमाले कुरिरहेकी थिइन्। छोरालाई भग्नावशेषबाट सकुशल निकालेपछि आमाले भक्कानिएर अंकमाल गरेकी थिइन्। आमा भेट्दा ती बालक पनि निकै भक्कानिएका थिए।
Facebook Comments Box

