पछिल्लो २४ घण्टामा देशभर शुन्य कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २३ माघ – पछिल्लो २४ घण्टामा देशभर शुन्य कोरोना संक्रमण पुष्टि । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५२५ आरटी पीसीआर तथा ६८६ एन्टीजेन परिक्षण सहितर १ शजार २११ जनाको परिक्षण गर्दा एक जनामा पनि कोरोना संक्रमण पुष्टि नभएकाे स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

अहिले सम्म कोरोना संक्रमितको कुल संख्या ११ लाख ५३ हजार ३३६ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८९ हजार ८० पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार २० पुगेको छ ।

Facebook Comments Box