बसको ठक्करबाट बालिकाको मृत्यु , ठक्कर दिने बसलाई स्थानीयबासिन्दाले जलाए

काठमाडौँ, १९ माघ – काभ्रेको नमोबुद्धमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ भने ठक्कर दिने बसलाई स्थानीयबासिन्दाले जलाएका छन् । काभ्रेको बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नम्बरको बसले ८ वर्षकी दिबिसा अधिकारीलाई ठक्कर दिएको थियो ।

ठक्क रबाट बालिकाको घटनास्थलमै ज्यान गएको  जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने जानकारी दिए । दुर्घटनापछि आक्रोशित स्थानीयबासिन्दाले बा २ ख ७३४२ नम्बरको बसमा आगजनी गरेका हुन् ।

Facebook Comments Box