पानी बोक्ने ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

सर्लाही, १८ माघ – सर्लाहीको लालबन्दीमा पानी बोक्ने ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। बुधबार दिउँसो रानीगन्जस्थित डाँडाटोलमा पानी बोकेको ट्यांकरले प्रदेश २- ००२ प ९२५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाउँका २७ वर्षीय राजकुमार महतोको घटनास्थलमै मृत्यु भएको हो।

मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। दुर्घटनापछि ट्यांकर र चालकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

Facebook Comments Box