पछिल्लो २४ घण्टामा देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १८ माघ – पछिल्लो २४ घण्टामा देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७४ आरटी पीसीआर तथा १ हजार ७७७ एन्टीजेन परिक्षण सहितर २ हजार ३५१ जनाको परिक्षण गर्दा थप ३ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ५३ हजार ३२३ रहेको छ भने सक्रिय संक्रमितको संख्या १८ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८९ हजार ६३ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार २० पुगेको छ ।

Facebook Comments Box