कलंकीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
काठमाडौं, १० माघ – कलंकीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । आज बिहान पौने सात बजे अन्डर पास नजिकै बाप्र०२-०४प ७८३४ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पंदल यात्री १५ वर्षीया कृष्णा तामाङको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट अर्का एक जना पैदल यात्री पनि पनि घाइते भएका छन् ।उनको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक पनि सामान्य घाइते भएका छन् ।
Facebook Comments Box

