संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाले आज नयाँ सभामुख पाउँदै

काठमाडौं, ५ माघ – संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाले आज नयाँ सभामुख पाउँदैछ। संसद सचिवालयका अनुसार बिहीबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख चयनका लागि मतदान हुँदैछ। बुधबार दिउँसो सत्ता गठबन्धनका तर्फबाट एमालेका देवराज घिमिरे र प्रतिपक्षी दल नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन्।

एमालेका घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन्। न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश समर्थकमा प्रकाश ज्वाला छन्। २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ। एमाले ७८, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०, राप्रपा १४ गरी १४४ सांसद घिमिरेको पक्षमा छन्।

यस्तै उनको प्रतिस्पर्धी उम्मेदवार बनेकी न्यौपानेलाई कांग्रेस ९ ९मत दिन पाउने ८०, जसपा १२, एकीकृत समाजवादी पार्टी १०, लोसपा ४, मत निश्चित छ। प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने दलहरुको संख्या भने १६९ छ। घिमिरे झापा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् भने न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुन्।

Facebook Comments Box