प्रचण्डलाई विश्वासको मत दिने देउवाको आश्वासन

काठमाडौँ, २५ पुस – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भएको छ । आफूलाई विश्वासको मत दिन आग्रह गर्दै सोमबार साँझ प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए ।

त्यस क्रममा कांग्रेस शीर्ष नेताहरुले प्रचण्डलाई विश्वासको मत दिने आश्वासन दिएको एक नेताले जानकारी दिए । यद्यपि, यसबारे आधिकारिक निर्णय भने मंगलबार विहान बस्ने कांग्रेस संसदीय दलको बैठकले गर्ने ती नेताले जानकारी दिए । मंगलबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

Facebook Comments Box